सांकेतिक तस्बिर

अपराध

क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

July 29, 2024

काठमाडौं– सामाजिक संजालको दुरुपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको आरोपमा झापा बिर्तामोड नगरपालिका-९ घर भई ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्‍वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भण्डारीले पीडितहरूलाई क्यानडा लैजान्छु भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रुपैयाँ रकम पठाउन लगाई ठगी गरेको खुल्न आएको  छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।