आज यी प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना | Khabarhub Khabarhub

आज यी प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ६ : २१ बजे

टरुवा तालको जलकुम्भी हटाइँदै

नवलपरासी– जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा

राष्ट्रसंघको भन्यो- तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ

न्युयोर्क – इजरायलले इरानको आणविक कार्यक्रममा प्रि–एम्प्टिभ आक्रमण गरेपछि, जवाफ

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ