आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै « Khabarhub

आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

विश्वमा पहिलो पटक सन् १९४५ को जुलाई १६ मा आणविक परीक्षण भएको इतिहास छ । त्यसपछि अमेरिकाले जापानको हिरोसिमा ६ अगस्त १९४५ को दिन संसारको पहिलो परमाणु बम प्रहार गरेको थियो। जसका कारण ३ लाख ५० हजार जनसङ्ख्या रहेको हिरोसिमामा एक लाख ४०  हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा बम खसालिएको थियो ।

त्यसयता अहिलेसम्म विश्वभर २ हजार भन्दा बढी आणविक परीक्षण भइसकेको राष्ट्रसंघले जनाएको छ । विश्वको कूल आणविक हतियारको ९० प्रतिशत अमेरिका र रुससँग रहेको आँकलन छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ९ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको