रविलाई गगनको कटाक्ष- नौ मिनेटमा चट् भइजान्छ भन्थे, नौ घण्टा बयान दिनुपर्‍यो « Khabarhub

रविलाई गगनको कटाक्ष- नौ मिनेटमा चट् भइजान्छ भन्थे, नौ घण्टा बयान दिनुपर्‍यो


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले गम्भीरतापूर्वक छानबिन गरिरहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा रास्वपाका नेताहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेको बताउँदै आफूहरूले सबै चिज समितिलाई दिएको बताएका छन् ।

‘केही साथीहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेका छन् । प्रमाण खोजिहरेका छन्’, उनले भने, ‘त्यत्रो तथ्य र प्रमाण भएरै त होला संसद्‍मा संघर्ष गरेर हामीले संसदीय विशेष छानबिन समिति बनाएका छौँ । त्यो समिति हामीले बनाएका हौँ, त्यसको टीओआर बनेको छ ।’

उनले सहकारी ठगी प्रकरणमा मुछिएकाहरूको प्रमाण आफूहरूले संसदीय समितिलाई बुझाएको पनि बताए । ‘हामीले भएका प्रमाण दिएनौँ होला र संसदीय समितिलाई ? अरुले दिएनन् होला र ?’, उनले भने, ‘संसदीय समिति बनेको छ ।’

उनले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेतिर इंगित गर्दै नौ मिनेटमा बयान सक्छु भनेकाले नौ घण्टासम्म बयान बस्नुपरेको उल्लेख गरे ।

‘नौ महिनामा चट् भइजान्छ भनेको सुनेको थिएँ, नौ घण्टासम्म बयान दिनुपरेको छ’, उनले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेतिर कटाक्ष गर्दै भने, ‘बयान हो बयान, फैसला होइन । समितिको फैसला त आउनै बाँकी छ ।’

उनले संसदीय समितिका सभापति सूर्य थापाले धेरै मिहिनेत गरेर छानबिन गरिरहेको पनि उल्लेख गरे । ‘संसदीय समितिमा बस्ने सबै साथीहरूमाथि हामीलाई विश्वास छ । रास्वपाका साथीलाई समस्या होला, कालोलाई सेतो भन्नुपर्ने बाध्यता उहाँलाई छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ३९ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र