टेलिग्रामका मालिक डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध | Khabarhub Khabarhub

टेलिग्रामका मालिक डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेसेजिङ एप टेलिग्रामका मालिक र संस्थापक पावेल डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध लगाइएको छ ।

पेरिसका अभियोजकहरूले म्यासेजिङ एपमा संगठित अपराधको अनुसन्धानको भागको रूपमा डुरोभलाई फ्रान्समा औपचारिक अनुसन्धान अन्तर्गत राखिएको बताएका छन् ।

३९ वर्षीय डुरोभलाई हिरासतमा भने नराखेर न्यायिक निगरानीमा राखिएको बताइएको छ । उनलाई पाँच मिलियन युरो जम्मा गर्न भनिएको छ । रुसी मुलका अरबपति डुरोभ पनि फ्रान्सेली नागरिक हुन् । उनी हप्तामा दुई पटक फ्रान्सेली प्रहरी चौकीमा हाजिर हुनुपर्नेछ । उनलाई फ्रान्सबाट बाहिर जान अनुमति दिइएको छैन ।

गत शनिबार, डुरोभलाई पहिलो पटक पेरिसको उत्तरमा रहेको ले बोर्जेट विमानस्थलमा एपसँग सम्बन्धित अपराधको वारेन्ट अन्तर्गत पक्राउ गरिएको थियो ।

डुरोभविरुद्धको आरोपमा संगठित गिरोहको तर्फबाट लेनदेनको लागि अनलाइन प्लेटफर्म चलाउनमा संलग्नता, अधिकारीहरूसँग वार्ता गर्न अस्वीकार र बालबालिकाका अश्लील छविहरूको संगठित वितरणमा संलग्नता समावेश छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ४ : ५९ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ