सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्छ : मन्त्री काफ्ले  « Khabarhub

सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्छ : मन्त्री काफ्ले 


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन राज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।

बिहीबार हेटौंडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको बागमती सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री काफ्लेले एकमुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडादर छुटको व्यवस्था विद्यार्थी आन्दोलनको बलमा स्थापित भएको हो । यो सत प्रतिशत कार्यान्वयन हुनुपर्छ । त्यसैले यस क्षेत्रमा देखिएका हरेक समस्या समाधानका लागि सकारात्मक रूपमा काम गर्न मेरो मन्त्रालय तयार छ ।’

सार्वजनिक सवारीसाधनको न्यूनतम मापदण्ड तोकिनुपर्ने र लोकतन्त्रमा समस्याको समाधान घटना घट्नुभन्दा सम्भावित घटनाको परिकल्पना गरेर त्यसलाई न्यूनीकरण गर्नेतर्फ सरकार लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : १० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको