नेपाल प्रिमियर लिगमा ८ टिम सहभागी हुने « Khabarhub

नेपाल प्रिमियर लिगमा ८ टिम सहभागी हुने


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ टोलीको सहभागिता रहने भएको छ ।

बिहीबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीको सहभागी गराउने निर्णय गरेको छ ।

फ्रेन्चाइज टिमका लागि १६ वटा आवेदन परेको छ । क्यानको आफ्नै आयोजनामा हुन लागेको एनपीएल १५ मंसिरदेखि ६ पुसम्म हुने छ ।

यस्तै बैठकले विश्वकपमा सहभागि खेलाडीलाई प्रोत्साहन पुरस्कार स्वरुप प्रति खेलाडी र प्रशिक्षकलाइ जनही ३ लाख दिने निर्णय गरेको छ । स्पोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय गरेको क्यानले जनाएको छ ।

बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय समेत गरेको छ । निर्णयअनुसार प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने छ ।

यस्तै एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरञ्जमा गरिने क्यानले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : २१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना