समाचार

दरौँदी यातायातको बस पनि धादिङको झ्याप्ले खोलामा पुरिएको आशंका

By खबरहब

September 29, 2024

काठमाडौं– गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको यात्रुबस धादिङको झ्याप्ले खोलामा पुरिएको आशंका गरिएको छ ।

ना४ख २२७० नम्बरको नवदुर्गा यातायात लेखिएको उक्त बसका चालकसँग शुक्रबार राति १० बजेसम्म खानीखोलामा सम्पर्क भएपनि त्यसपछि भने सम्पर्कविहीन भएको दरौँदी यातायात प्रालिले जनाएको छ ।

प्रहरीले हिजो धादिङको झ्याप्ले खोलामा पुरिएका दुई सवारी साधनबाट १४ व्यक्तिको शव निकाल्ने क्रममा अर्को पनि बस देखिएकाले सो बस दरौँदी यातायात प्रालिको हुनसक्ने बताइएको छ ।

यसअघि दरौँदी यातायात प्रालिले हराइरहेको बसको खोजीकार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेको थियो ।

यो पनि… दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो