काठमाडौं भित्रिनेसहित देशभरका ५८ राजमार्ग ठप्प « Khabarhub

काठमाडौं भित्रिनेसहित देशभरका ५८ राजमार्ग ठप्प


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरका ५८ वटा सडक राजमार्ग अवरुद्ध भएका छन् । सडक विभागका अनुसार, लगातारको वर्षाका कारण बाढी, पहिरो र अन्य कारणले सडक अवरुद्ध हुँदा यातायात सञ्चालन ठप्प भएको हो ।

लगातारको वर्षाले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका पृथ्वी राजमार्ग, कान्ति राजमार्ग र बीपी राजमार्गसमेत अवरुद्ध भएका छन् ।

विभागका अनुसार वर्षाले अवरुद्ध हुने राजमार्गहरुमा तमोर करिडोरअन्तर्गत चतरा–गणेशचोक सडकखण्ड, कान्ति राजमार्गअन्तर्गत हेटौंडा–एकान्तकुना सडकखण्ड, त्रिभुवन राजपथ, अरनिको राजमार्गको सिम्ले, कोदारी, मध्यपहाडी राजमार्गको सिन्धुलीका धेरै ठाउँमा पहिरो र भेरी करिडोर, भेडेटार रबि राके सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध छन् ।

मुग्लिङ नौबिसे हुँदै काठमाडौं भित्रिने सडकमार्ग पनि यतिबेला अवरुद्ध छ । खासगरी, धादिङको झ्याप्ले खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

त्यस्तै, पृथ्वी राजमार्गको अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको सडक विभागले जनाएको छ । बीपी राजमार्गमा तत्काल खुलाउन सक्ने अवस्था छैन ।

बीपी राजमार्गका विभिन्न ठाउँमा गरेर १ हजार ४०० मिटर बाटो नै भत्किएको विभागले जनाएको छ ।

त्यस्तै, अरनिको राजमार्गका पनि विभिन्न ठाउँमा पहिरो र पुल समेत बगाएको छ ।  मुग्लिन हुँदै काठमाडौं भित्रिने पृथ्वी राजमार्गको पहिरो हटाएर साँझसम्म यातायात सञ्चालनमा ल्याउन पहिल भइरहेको सडक विभागका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘बीपी राजमार्ग तत्काल खुलाउन सक्ने अवस्था छैन । ठाउँठाउँमा पहिरो गएको र बाटो नै भत्किएको छ,’ उनले भने, ‘मुग्लिन हुँदै काठमाडौं जोड्ने सडक नागढुंगाभन्दा तलको पहिरो हटाउने प्रयास हुँदैछ । बेलुकासम्म यातायात सञ्चालन गराउन सकिएला ।’

विभागले वर्षाका कारण बाढी, पहिरो र अन्य कारणले सडक अवरुद्ध हुने बित्तिकै जनशक्ति खटाएर यातायात सुचारु गर्ने गरेको छ । चाडपर्वका बेला सडक अवरुद्ध हुन सक्ने भन्दै विभागका जनशक्ति, मेसिन तथा उपकरणहरू तयारी अवस्थामा राखिएको छ छ ।

सडक अवरुद्ध हुँदा साढे १६ करोड रुपैयाँको प्रारम्भिक क्षति अनुमान गरिएको छ । त्यस्तै, सडक राजमार्गमा बनेका १० वटा पुलमा समेत क्षति पुग्दा करिब झन्डै ३० करोड बराबरको क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : २२ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही