झ्याप्ले खोला पहिरो : गुल्मीको दुई परिवारका ६ जनाले गुमाए ज्यान « Khabarhub

झ्याप्ले खोला पहिरो : गुल्मीको दुई परिवारका ६ जनाले गुमाए ज्यान


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार राति लेदोसहित झरेको पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पुरिएका सवारीसाधनमा दुई परिवारका ६ जना परेको खुलेको छ ।

आइतबारसम्म उद्धार चलिरहँदा त्यहाँ माइक्रोबस, विङ्गरसहित चारवटा सवारीसाधन परेको पुष्टि भएको हो । ती सवारीसाधनबाट अहिलेसम्म ३० जनाको शव निकालिएको छ।

शनिबार १४ यात्रुको शव निकालिएकोमा आइतबार पनि नेपाली सेना, सशश्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त उद्धार चलाउँदा ३० जनाको शव झिकिएको हो।

नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको विङ्गरमा गुल्मीका दुई परिवारका ६ जनाले ज्यान गुमाएको खुलेको हो ।

डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम चलिरहँदा शव निकाल्ने क्रमलाई तीव्र पारिएको हो ।

समाचारअनुसार पहिरोले विङ्गर पुर्दा गुल्मीको गाउँपालिका-६ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका हुन् ।

त्यसैगरी गुल्मीकै गुल्मीदरवार गाउँपालिका चारपालाका एकै परिवारका अन्य तीनजनाले पनि ज्यान गुमाएका छन् । उक्त पहिरोमा ज्यान गुमाउनेमा अहिलेसम्म प्रमिता भुसाल रायमाझीको पहिचान खुलेको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८नम्बरको विङ्गर पनि झ्याप्ले खोलामा पुरिएको छ। जसका चालक रमेश लुइँटेल थिए । यही विंगरमा गुल्मीका दुई परिवारका सदस्य सवार रहेको खुलेको छ ।

झ्याले खोलाको पहिरोमा गोरखाबाट काठमाडौंका लागि छुटेको दरौँदी यातायात प्रालिको ना४ख २२७० नम्बरको नवदुर्गा यातायातको बस पनि परेको छ ।

त्यसैगरी चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस पनि उक्त पहिरोमा परेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ०५ बजे

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै

नायक प्रवीणलाई एकल फिचर्ड गरी ‘शिवांंश’को टिजर सार्वजनिक

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र