झ्याप्ले खोला पहिरो : गुल्मीको दुई परिवारका ६ जनाले गुमाए ज्यान « Khabarhub

झ्याप्ले खोला पहिरो : गुल्मीको दुई परिवारका ६ जनाले गुमाए ज्यान


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार राति लेदोसहित झरेको पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पुरिएका सवारीसाधनमा दुई परिवारका ६ जना परेको खुलेको छ ।

आइतबारसम्म उद्धार चलिरहँदा त्यहाँ माइक्रोबस, विङ्गरसहित चारवटा सवारीसाधन परेको पुष्टि भएको हो । ती सवारीसाधनबाट अहिलेसम्म ३० जनाको शव निकालिएको छ।

शनिबार १४ यात्रुको शव निकालिएकोमा आइतबार पनि नेपाली सेना, सशश्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त उद्धार चलाउँदा ३० जनाको शव झिकिएको हो।

नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको विङ्गरमा गुल्मीका दुई परिवारका ६ जनाले ज्यान गुमाएको खुलेको हो ।

डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम चलिरहँदा शव निकाल्ने क्रमलाई तीव्र पारिएको हो ।

समाचारअनुसार पहिरोले विङ्गर पुर्दा गुल्मीको गाउँपालिका-६ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका हुन् ।

त्यसैगरी गुल्मीकै गुल्मीदरवार गाउँपालिका चारपालाका एकै परिवारका अन्य तीनजनाले पनि ज्यान गुमाएका छन् । उक्त पहिरोमा ज्यान गुमाउनेमा अहिलेसम्म प्रमिता भुसाल रायमाझीको पहिचान खुलेको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८नम्बरको विङ्गर पनि झ्याप्ले खोलामा पुरिएको छ। जसका चालक रमेश लुइँटेल थिए । यही विंगरमा गुल्मीका दुई परिवारका सदस्य सवार रहेको खुलेको छ ।

झ्याले खोलाको पहिरोमा गोरखाबाट काठमाडौंका लागि छुटेको दरौँदी यातायात प्रालिको ना४ख २२७० नम्बरको नवदुर्गा यातायातको बस पनि परेको छ ।

त्यसैगरी चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस पनि उक्त पहिरोमा परेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ०५ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका