राजनीति

कांग्रेसको सय दिने अभियान स्थगित, दसैंमा चियापान पनि नगर्ने

By खबरहब

September 29, 2024

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगित गर्ने निर्णय लिएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकरी दिए ।

प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमासम्मलाई सय दिने अभियान स्थगित गरिएको जानकारी दिए । कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि यस पटक नगर्ने निर्णय गरेको महतले बताए ।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पीडित जनताको उद्धार र राहतमा केन्द्रित गराउने निर्णय गरेको पनि जानकारी दिएका छन् ।