सडक अवरुद्धका कारण हवाई टिकट पनि पाउनै मुस्किल « Khabarhub

सडक अवरुद्धका कारण हवाई टिकट पनि पाउनै मुस्किल


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश भरी आएको बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध बनेपछि हवाई टिकट पनि नपाइने अवस्था बनेको छ । हवाई टिकटको बुकिङ बढेपछि अधिकांश उडानको आज र भोलिको टिकट नपाइने अवस्था देखिएको हो ।

सम्बन्धित कम्पनी तथा विभिन्न वालेट एपहरूबाट हवाई उडानको टिकट बुकिङ गर्न सकिनेमा काठमाडौंबाट कतिपय स्थानसम्म हुने आन्तरिक उडानमा आइतबार र सोमबारलाई टिकट पूर्णरूपमा बुकिङ भइसकेकाले टिकट नपाइने अवस्था देखिएको छ । काठमाडौंबाट भरतपुर, जनकपुर र धनगढीसम्मको लागि आज र भोलिको हवाई टिकट पूर्णरूपमा बुकिङ भैसकेका छन् ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म काठमाडौंबाट भैरहवा, विराटनगर, पोखरा र नेपालगञ्जको लागि सोमबारको लागि मात्रै सीमित टिकट उपलब्ध भएको पाइएको छ ।

दशैंको मुखमा नै आएको बाढी पहिरोले सम्पूर्ण सडकमा क्षति पुगेपछि मानिसहरूले राजधानीबाट बाहिर जान यातायातका साधन प्राप्त गर्न मुस्किल हुँदै गएको देखिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ३४ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित