बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या « Khabarhub

बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका बन्द हुन पुगेको छ । पछिल्लो समयमा आएको बाढीको कारण पहिरोले सडकमा क्षति पुर्‍याएको र बेलिब्रिज पुल बगाएपछि सवारी साधनको आवतजावत बन्द हुन पुगेको हो । जसले गर्दा दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको छ ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीका अनुसार तातोपानी नाका नजिकको तिपिङदेखि लार्चा बिचमा पर्ने तिपिङ खोलामा पुल र सडकबीचकोको सम्बन्ध विच्छेद भएकाले सवारी साधन ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । साथै बाढीले भन्सार कार्यालय भएको लार्पा नजिकको भोटेकोशीको बेलिब्रिज पुल पनि बगाएको छ । जसले गर्दा अहिले सडक यातायात पूर्णरूपमा सम्बन्ध विच्छेद भएको अवस्था भएको उनले बताए ।

दशैं लक्षित गरेर नेपाल ल्याउनको लागि सीमा नजिक क्षेत्रमा आइपुगेका ठूलो संख्याका कन्टेनरहरू अलपत्र पर्न पुगेको उनले खबरहबलाई जानकारी दिएका छन् ।

तातोपानी नाकामा समस्या हुँदा रसुवाको नाका प्रयोग गर्ने हो र रसुवाको नाकामा समस्या हुँदा तातोपानी नाका प्रयोग गर्ने हो’, उनले भने, ‘अहिले रसुवा नाकामा पनि समस्या भएको हुँदा कन्टेनरहरू बीचमा नै अलपत्र पर्ने अवस्था बनेको छ ।

चीनबाट आयातित सामग्री फेरि फर्काएर दक्षिणको मार्गबाट ल्याउने सम्भावना पनि कम भएको भन्दै उनले लामो समय नाकामा सामग्री अलपत्र पर्ने अवस्था देखिएको बताए ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय रसुवाले पनि पछिल्लो वर्षाले केरुङतर्फको सडक संरचनामा क्षति पुगेको कारणले यातायात सुचारु हुन केही समय लाग्ने बताएको छ । चीनतर्फको दुवै नाकाको सञ्चालनमा कठिनाइ हुँदा चाडपर्व लक्षित र जाडोयामको लागि आयात हुने सामग्रीमा समस्या हुने देखिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ५३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस