भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको सुझाव « Khabarhub

भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको सुझाव


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको बताएको छ । आइतबार बसेको सर्वदलीय बैठकमा राप्रपाले विपद्को समयमा भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको हो ।

बैठकपछि बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले बैठकमा पार्टीले आठ बुँदे सुझाव दिएको जानकारी दिए ।

‘विपद्को समयमा हवाई भाडादरमा कालोबजारी गर्ने मनलाग्दी लुट्नेलाई कारबाही गर भनेर हामीले सुझाव दिएका छौँ‚’ उनले भने ।

साथै उनले रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय गरेपनि झ्याप्ले खोलामा मानिसहरूको ज्यान जाने गरी सवारी चलाइएको विषयमा पनि प्रश्न उठाइएको बताए ।

‘सरकारले दुई दिन अगाडि रात्रिकालीन बस नचलाउने निर्णय गरेको थियो । सरकारको काम निर्णय कार्यान्वयन गराउने हो नि‚’ उनले भने‚ ‘झ्याप्ले खोलामा मानिसहरूले ज्यान गुमाए । सरकारको निर्णय अटेर गर्ने सम्बन्धित निकायलाई कारबाही हुनुपर्छ ।’

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ३६ बजे

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास