रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, तीन जनको मृत्यु « Khabarhub

रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, तीन जनको मृत्यु


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

रौतहट– गत बिहिबारदेखि परेको अविरल वर्षासँगै रौतहट स्थित विभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ ।

आइतबार विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएकाे छ, भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साह घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु हुनुका साथै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अविरल वर्षासँगै बागमती लालबकैया लगायत विभिन्न नदी खोलामा आएको बाढीले जिल्लाको १८ स्थानीय तह मध्ये १३ वटा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

वर्षा बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : २३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा