समाचार

कोसी ब्यारेजमा आवागमन खुल्यो

By खबरहब

September 29, 2024

सुनसरी– कोसी ब्यारेजमा आवागमन खोलिएको छ । अविरल वर्षासँगै कोशीमा बढेको पानीको बहाबकाकारण कोसी ब्यारेजमा शनिबारदेखि यातायात तथा आवागमन बन्द गरिएको थियो ।

कोसीमा पानीको बहाव घट्दै गएको जनाउँदै सुनसरी जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि खुलाइएको जनाएको छ ।