आन्तरिक उडानमा धुइरिए यात्रु, विमानस्थलमा थेगिनसक्नु भिड (तस्बिरहरू) « Khabarhub

आन्तरिक उडानमा धुइरिए यात्रु, विमानस्थलमा थेगिनसक्नु भिड (तस्बिरहरू)


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शुक्रबार र शनिबारको बाढीले संघीय राजधानीबाट बाहिरिने मुख्य सडक क्षतविक्षत बनाएपछि यात्रुको सबै चाप विमानस्थलमा परेको छ ।

त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कुलेखानी, भीमफेदी राजमार्ग सबै बाढी र पहिरोले क्षतविक्षत बनाएपछि दशैंमा घर जाने यात्रु विमानस्थलमा थुप्रिएका हुन् ।

शनिबारको बाढीका कारण अहिले कुनै पनि राजमार्गमा सवारी पूर्ण क्षमतामा चल्न सकेका छैनन् । तीनवगाडीसहित दर्जनौँ यात्रु पहिरोले पुरेको त्रिभुवन राजपथको झ्याप्लेखोलमा सडक एकतर्फी खुलाउने कोसिस भइरहेको छ ।

उता सुनकोशी नदीले पनि बीपी राजमार्गको दुई सय मिटरबढी खण्ड काटेको छ । रामेछाप जाने पक्की पुल नै बगाएको छ । तराईबाट खोटाङ जाने पुल पनि दूधकोशीले बगाइदिएको छ  ।

यीसहितका कारणले मुख्य राजमार्गमा यात्रा गर्न ज्यानकै बाजी लगाउनुपर्ने अवस्थाका कारण यात्रुहरू विमानतिर धुइरिएका हुन्।

आइतबार मौसम अनुकूल भएपछि उडान खुलेका छन् । तीन दिनका लागि आन्तरिक उडान बन्द गरी आजैदेखि खोलिएको हो । त्यहीकारण आन्तरिक उडानका लागि प्रतिक्षा गर्ने यात्रुको मेला नै विमानस्थलमा लागेको छ ।

यात्रुको अत्यधिक चापका कारण उडान ५–६ घण्टा ढिलो भएको छ । धेरै यात्रुलाई आज उडान गर्न नसक्ने भन्दै फिर्ता पठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आइतबारका लागि एक सय ५६ उडान भरिएको छ । त्यतिकै संख्यामा अवतरण गर्ने तालिका  छ ।

तीन दिनदेखि खराब मौसमका कारण उडान गर्न नसकेको उनले बताए । यात्रुको चाप बढ्दै जाँदा कयौँ उडान रोक्नुपर्ने बाध्यता पनि आएको शेर्पा बताउँछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ०५ बजे

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा