आन्तरिक उडानमा धुइरिए यात्रु, विमानस्थलमा थेगिनसक्नु भिड (तस्बिरहरू) « Khabarhub

आन्तरिक उडानमा धुइरिए यात्रु, विमानस्थलमा थेगिनसक्नु भिड (तस्बिरहरू)


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शुक्रबार र शनिबारको बाढीले संघीय राजधानीबाट बाहिरिने मुख्य सडक क्षतविक्षत बनाएपछि यात्रुको सबै चाप विमानस्थलमा परेको छ ।

त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कुलेखानी, भीमफेदी राजमार्ग सबै बाढी र पहिरोले क्षतविक्षत बनाएपछि दशैंमा घर जाने यात्रु विमानस्थलमा थुप्रिएका हुन् ।

शनिबारको बाढीका कारण अहिले कुनै पनि राजमार्गमा सवारी पूर्ण क्षमतामा चल्न सकेका छैनन् । तीनवगाडीसहित दर्जनौँ यात्रु पहिरोले पुरेको त्रिभुवन राजपथको झ्याप्लेखोलमा सडक एकतर्फी खुलाउने कोसिस भइरहेको छ ।

उता सुनकोशी नदीले पनि बीपी राजमार्गको दुई सय मिटरबढी खण्ड काटेको छ । रामेछाप जाने पक्की पुल नै बगाएको छ । तराईबाट खोटाङ जाने पुल पनि दूधकोशीले बगाइदिएको छ  ।

यीसहितका कारणले मुख्य राजमार्गमा यात्रा गर्न ज्यानकै बाजी लगाउनुपर्ने अवस्थाका कारण यात्रुहरू विमानतिर धुइरिएका हुन्।

आइतबार मौसम अनुकूल भएपछि उडान खुलेका छन् । तीन दिनका लागि आन्तरिक उडान बन्द गरी आजैदेखि खोलिएको हो । त्यहीकारण आन्तरिक उडानका लागि प्रतिक्षा गर्ने यात्रुको मेला नै विमानस्थलमा लागेको छ ।

यात्रुको अत्यधिक चापका कारण उडान ५–६ घण्टा ढिलो भएको छ । धेरै यात्रुलाई आज उडान गर्न नसक्ने भन्दै फिर्ता पठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आइतबारका लागि एक सय ५६ उडान भरिएको छ । त्यतिकै संख्यामा अवतरण गर्ने तालिका  छ ।

तीन दिनदेखि खराब मौसमका कारण उडान गर्न नसकेको उनले बताए । यात्रुको चाप बढ्दै जाँदा कयौँ उडान रोक्नुपर्ने बाध्यता पनि आएको शेर्पा बताउँछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ०५ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी