ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल | Khabarhub Khabarhub

ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा ओमानका कप्तानले टस जितेर पहिला बलिङ गर्ने गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ६ टी–२० खेल भएका छन्, जसमा नेपाल र ओमानले ३–३ खेल जितेका छन् । यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच खेल्ने छ ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाललाई रहेका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ४७ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’