विपत् प्रभावित बेथानचोक गाउँपालिकालाई अष्ट्रेलियाबाट सहयोग « Khabarhub

विपत् प्रभावित बेथानचोक गाउँपालिकालाई अष्ट्रेलियाबाट सहयोग


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिकले विपत्‌ प्रभावित काभ्रेको बेथानचोक गाउँपालिकालाई सहयोग गरेका छन् ।

बेथानचोक घर भएका अष्ट्रेलिया निवासी सुबोध अधिकारीको पहलमा त्यहाँ रहेका नेपाली र अष्ट्रेलियन नागरिक समेतबाट सङ्कलिन तीन हजार १६८ डलर (तीन लाख ९६० रुपैयाँ) बेथानचोक गाउँपालिकालाई सहयोग गरिएको हो ।

मङ्गलबार एक कार्यक्रमबीच स्थानीय पवन अधिकारी र शङ्कर पराजुलीले उक्त रकम गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई हस्तान्तरण गरेका हुन्‌ ।

गाउँपालिका अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले बेथानचोकलाई पुरानै लयमा फर्काउने प्रतिबद्धता जनाए । हस्तान्तरण कार्यक्रममा वडा नं २ का अध्यक्ष पुरुषोत्तम तिमिल्सना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं २ का वडा सदस्य नारायण तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी लगायत उपस्थित थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : २३ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको