रोड्रीलाई बालोन डी ओर अवार्ड « Khabarhub

रोड्रीलाई बालोन डी ओर अवार्ड


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीले यस वर्षको बालोन डी अवार्ड जितेका छन् । गत सिजन उनले क्लबका लागि १ खेल मात्र गुमाएका उनले यो अवार्ड जितेका हुन् ।

उनले स्पेनलाई युरो कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ब्राजिलियन रियल म्याड्रिडका विङ्गर भिन्सियस जुनियरलाई पछि पारेका उनी सो अवार्ड जित्ने सिटीका पहिलो खेलाडी हुन् ।

फिफा वरीयताक्रमको शीर्ष १०० स्थानमा रहेका पत्रकारको जुरीको मतदानबाट सो अवार्ड दिइएको हो।

सन् २००३ पछि पहिलो पटक ८ पटकका विजेता ३७ वर्षीय लियोनेल मेसी तथा ५ पटकका विजेता ३९ वर्षीय क्रिस्टियानो रोनाल्डो दुवै जना नोमिनेसनमा नपरेको यो पहिलो पटक हो।

प्रभावशाली मिडफिल्डर उनी इङ्गल्यान्डसँगको युरो कपको फाइनलमा पहिलो हाफमा घाइते हुनुका बाबजुद प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए।

गत सिजन उनले सिटीका लागि ९ गोल गरेका थिए। उनले एक सिजनमा सबै भन्दा धेरै गोल गरेका हुन्। उनलाई सन् १९९५ का विजेता जर्ज वेले पुरस्कार प्रदान गरे।

गत सिजन ५२ गोल गरेका हेरी केन र केलिएन एम्बाप्पेले संयुक्त रूपमा गर्ड म्युलर ट्रफि जितेका छन्।

रियल म्याड्रिड र फ्रान्सका कप्तान एम्बाप्पे अनुपस्थित भएको कार्यक्रममा वायरन म्युनिख तथा इङ्गल्यान्डका केनले सो अवार्ड लिएका थिए।

२१ वर्ष मुनिका खेलाडीलाई दिइने कोपा ट्रफी स्पेन तथा बार्सिलोनाका विङ्गर लामिन यमाललाई प्रदान गरियो। गत जुलाईमा १७ वर्ष पुरा भएका उनले गत सिजन बार्सिलोनाका लागि ५० खेल खेल्दै ७ गोल गर्नुका साथै सात एसिस्ट गरेका थिए।

युरो कप विजेता टोलीका सदस्य उनले चार एसिस्ट गर्दै सबै भन्दा धेरै एसिस्टको कीर्तिमान कायम गरेका थिए। युरो कपमा उनी उत्कृष्ट युवा खेलाडी हुनुका साथै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान कायम गर्न सफल भएका थिए।

अस्टन भिल्ला तथा अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले दोस्रो वर्ष उत्कृष्ट गोलरक्षकको रूपमा यासिन ट्रफी जितेका छन्।

सन् २०२२ का विश्वकप विजेता टोलीका सदस्य उनले अस्टन भिल्लालाई प्रिमियरसिपको चौथो स्थानमा राख्दै च्याम्पियन्स लिगमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जुनियरले अवार्ड नपाउँदा यसमा असहमति जनाउँदै रियल म्याड्रिडका कोही पनि कार्यक्रममा उपस्थित थिएनन्।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ५३ बजे

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की

समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध

काठमाडौं– सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी