रोड्री : जसले क्लब र देश दुवैका लागि गरेका थिए उत्कृष्ट प्रदर्शन | Khabarhub Khabarhub

रोड्री : जसले क्लब र देश दुवैका लागि गरेका थिए उत्कृष्ट प्रदर्शन


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री हर्नान्डेजले सोमबार राति विश्वको सर्वश्रेष्ठ खेलाडीलाई दिइने बालोन डी’ओर पुरस्कार जितेका छन् ।

उनले यस प्रतिष्ठित पुरस्कारका लागि रियल मड्रिडका ब्राजिलियन फुटबलर भिनिसियस जुनियर र इङ्ल्यान्डका जुड बेलिंघमलाई पछि पारे ।

पहिलो पटक बालोन डी’ओर चुम्ने हकदर बन्ने क्रममा उनले अघिल्लो सिजनमा म्यानचेस्टर सिटीलाई लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जिताउन मुख्य भूमिका निर्वाह गरेका थिए ।

स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जित्दा उनको प्रदर्शन सम्झनलायक थियो । उनी यसै वर्ष भएको युरोपेली च्याम्पियनसिपमा सर्वश्रेष्ठ खेलाडी पनि भएका थिए ।

दमदार प्रदर्शन

रोड्रीले गत सिजन व्यक्तिगत रुपमा क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरे । उनले सन् २०२३-२४ मा आफ्नो करिअरको शानदार समय बिताए । त्यसबेला उनले सिटीलाई लगातार चौथो प्रिमियर लिग उपाधिसहित स्पेनका लागि युरोकप पनि जिताए ।

युरो कप २०२४ मा उनले स्पेनका लागि सबैभन्दा प्रभावशाली खेलाडीका रुपमा देखिए । इङ्ल्यान्डविरुद्धको फाइनलमा उनी करिब आधा समय मैदान बाहिर थिए ।

तै पनि उनलाई जर्मनीमा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि मिल्यो । यो उनको एकल प्रदर्शनबाटै सम्भव भएको थियो । गत सिजन उनले देश र क्लबका लागि जम्मा ७४ खेल खेले ।

२८ वर्षीय मड्रिड निवासी उनी सन् १९९० मा लोथर म्याथसपछि बालोन डी’ओर जित्ने पहिलो डिफेन्सिभ मिडफिल्डर हुन् । अल्फ्रेडो डी स्टेफानो (१९७५ र १९५९ ) र लुइस सुआरेज (१९६०) पछि यो पुरस्कार जित्ने उनी तेस्रो स्पेनी खेलाडी पनि हु्न् ।

तर पनि यस उपाधिमा लगातार स्पेनिश ला लिगाकै खेलाडीको दबदबा रह्यो । तर ६० वर्षभन्दा अघि बार्सिलोनाका महान खेलाडी लुइस सुआरेजपछि कुनै पनि स्पेनी खेलाडीले यो पुरस्कार जितेका थिएनन् । जबकि स्पेनको गोल्डेन जेनरेशनले सन् २०१० मा विश्व कप, २००८ र २०१२ मा युरोकप जितेका थिए ।

रोड्रीलाई सिटीका प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाले विश्वका उत्कृष्ट मिडफिल्डर भएको बताउँथे । अन्तत: उनै पेपका उत्कृष्ट मिडफिल्डरले बालोन डी’ओर चुमेका छन् ।

रोड्री केही सिजनयता उत्कृष्ट लयमा थिए । आफ्नो उत्कृष्ट खेल कौशलका कारण उनले सिटीलाई पनि सफल बनाए । रोड्रीको प्रमुख भूमिकामा सिटी इङ्ल्यान्डको मुख्य शक्ति बनेको छ भने युरोपमा पनि राज गर्न सफल भएको छ ।

रोड्रीले बालोन डी’ओर जितेपछि भने, ‘आजको जित मेरो लागि होइन । यो स्पेनिस फ़ुटबलका लागि लागि हो । जसले यो उपाधि जितेनन्, यो उनीहरू सबैका लागि हो, यसमा उनीहरू पूरापूर हकदार छन् ।’

उनले समारोहमा आन्ड्रेस इनियस्ता, जाभी हर्नानडेज, इकर क्यासिलस), सर्जियो बुस्केट्स जस्ता बालोन डी’ओर नजितेका उत्कृष्ट खेलाडीलाई स्मरण गरे । उनले यो उपाधि स्पेनिश फुटबल र मिडफिल्डरका व्यक्तित्वका लागि समर्पित गरे ।

‘आज कयौँ साथीले मेरा लागि लेख्दै फुटबलले जितेको बताए । यसले चुपचाप गोलका लागि अवसर निकालिरहने कयौँ मिडफिल्डरको पहिचान पनि बनाएको छ’, उनले भने, ‘म एक सामान्य व्यक्ति हुँ, जो पढ्छ, जो कुनै पनि कुराको सही तरिकाले प्रयोग गर्न सिक्छ । नियम र अनुशासन पालनको कोसिस गर्छ । म फुटबलको शिखरमा पुग्न सफल भएको छु , यो सबे तपाईंहरूको देनको प्रतिफल हो ।’

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : २५ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत