एकीकृत घुम्ती शिविरबाट आठ हजार नागरिक लाभान्वित « Khabarhub

एकीकृत घुम्ती शिविरबाट आठ हजार नागरिक लाभान्वित


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ –  म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाले गत असोज ६ देखि यही कात्तिक १२ सम्म सञ्चालन गरेको शिविर सञ्चालन गरेको थियो ।  

शिविरमार्फत स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। पालिकाभित्रका विभिन्न वडाका टोलटोलमा पुगेर सेवा दिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाको सेवा टोलटोलमा पुर्‍याएर स्थानीय सरकारको आभास दिइएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। ‘नागरिकको आवश्यकताका आधारमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएका छौँ’, श्रेष्ठले भने, ‘गाउँपालिकाले दिएको सेवाले आमनागरिक लाभान्वित बनुन् ।’ 

शिविर अन्तर्गत स्तन क्यान्सर, पाठेघरको क्यान्सर, आँखा शिविर पनि सञ्चालन गरिसकेको उनले बताए। जनताको समस्या बुझ्न र समाधानका लागि एकीकृत घुम्ती शिविर फलदायी बनेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए। 

‘जनताको समस्या सुन्न टोल–टोलमा जाने पालिकाको कार्यले जनताप्रति पालिका उत्तरदायी बनेको आभास आम नागरिकले महसुस गर्न थालेका छन्,’ उनले भने।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : २० बजे

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनमतले बुझायो ज्ञापनपत्र

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको

भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिँदै

काठमाडौं – सरकारले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन

मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’ हाे: शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २७ गते प्रतिगामी

पिचअनुसार खेल्दा जित निकाल्यौँ: दीपेन्द्रसिंह ऐरी

काठमाडौँ- सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पिचअनुसार आफ्ना खेलाडीले खेलेको

दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता