यस्तो देखियो जनकपुरको भूमि लोक महोत्सव (तस्बिरहरु) | Khabarhub Khabarhub

यस्तो देखियो जनकपुरको भूमि लोक महोत्सव (तस्बिरहरु)


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजना गरेको भूमि लोक उत्सवको दोश्रो  संस्करण भव्यताका साथ सम्पन्न भएको छ ।

मिथिला भेगका विविध लोक संगीत संस्कृति एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको भूमि लोक उत्सवलाई स्थानीय मान्यगण, देशविदेशबाट आएका अतिथिहरू एवं हजारौँ जनकपुरबासीहरूले अवलोकन गरेका थिए । 

कार्यक्रममा मधेश प्रदेशबाट लोप हुन लागेका लोक सङ्गीत तथा बाजाहरूको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीत समेत समेटिएको थियो । भूमि महोत्सवको यस वर्षको संस्करणको मुख्य प्रायोजक एनसेल फाउन्डेसन रहेको थियो ।

राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारहरू सुशान्त घिमिरे र राग, झुमा लिम्बु, (फ्याटकाउली) आशिष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुति गरेको यस कार्यक्रममा काठमाडौँका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच पनि प्रस्तुत गरेका थिए । 

दशैंका बेला मिथिला–मधेश क्षेत्रमा गाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीहरूले प्रस्तुति दिएका थिए । हालै राष्ट्रिय टेलिभिजनको एउटा प्रतिष्ठित कार्यक्रममा आफ्नो विशेष प्रयोगात्मक प्रस्तुतिले ख्याती कमाएका स्थानीय युवा –यापर सन्तोष झाको मैथिली र्‍यापले युवा पुस्तामाझ थप उर्जा तथा उत्साह बढाएको थियो । 

भूमि महोत्सवलाई एनसेल फाउन्डेसनका साथै, मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, बीपी कोईराला भारत–नेपाल फाउण्डेशन भारतीय दूतावास, स्विस विकास तथा सहयोग संस्था , स्विस दूतावास, माया आर्ट फाउण्डेशन, जनकपुर नगरपालिका, युनेस्को काठमाडौं, सामाजिक फिड, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक तथा सांग्रिला प्रकाशन ले पनि भूमि फाउण्डेशनमार्फत यस वर्षको भूमि लोक महोत्सवलाई सहयोग तथा सहायता उपलब्ध गराएका थिए । 

‘सम्पूर्ण प्रायोजक तथा सहयोगी सङ्घसंस्था एवं स्वयंसेवक साथीहरूको अमूल्य सहयोग बिना भूमि महोत्सव सम्भव हुने थिएन । त्यसका लागि म सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि मुख्य प्रायोजकको रूपमा हामीसँग सहकार्य गरेकोमा एनसेल फाउन्डेसनलाई विशेष धन्यवाद।’ भूमि लोक महोत्सवकी कार्यकारी निर्देशक चन्द्रेशा पाण्डेले भनिन् । 

‘जनकपुर सहरले यस कार्यक्रमप्रति देखाएको आत्मियता, स्वामित्वभाव र सहयोगले आउँदा वर्षहरुमा अझै धेरै उत्साहका साथ यस्ता कार्यक्रम आयोजना गर्ने हौसला बढाएको छ,’ भूमि फाउण्डेसनका अध्यक्ष रश्मि रञ्जन झाले भने । 

मधेशको समृद्ध साङ्गीतिक एवं सांस्कृतिक विरासतलाई संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित सुरुवात गरिएको यस लोक महोत्सवले जनकपुरका नागरिकका लागि एक मौलिक सांस्कृतिक अनुभव सिर्जना गर्न मद्दत पुर्‍याएको छ ।

‘यस भेगमा आयोजना हुने सर्वाधिक कार्यक्रमहरुमा भारत बाहेकका अन्य देशका पर्यटकहरुको उपस्थिति प्रायजसो न्यून नै रहन्छ तर, यस भूमि लोक उत्सवमा यूरोप, अमेरिका, चीन लगायतका झन्डै १० देखि १२ देशका पर्यटकहरुको उत्साहजनक उपस्थिति देखिएको छ ’, कार्यक्रम संयोजक सुमित मिश्रले भने । 

विभिन्न राजनैतिक परिवर्तनप्राप्तिका क्रममा भएका उतारचढ़ावहरुले गर्दा उत्पन्न भएका सामाजिक तिक्तता र दुरीलाई मेटाउँदै सामाजिक सामञ्जस्यता, सहिष्णुता र सांस्कृतिक सह–अस्तित्व कायम गर्न पनि यो उत्सव उत्तिकै नै सफल रहेको देखियो । 

यस भेगमा आयोजन गरिने खुल्ला सार्वजनिक सांस्कृतिक कार्यक्रमहरुमा सुरक्षासम्बन्धी चुनौती तथा जोखिम रहने गरेकोबेला महिला सहभागिता महिला सहभागिता शुन्य रहेको अवस्थामा यस लोक उत्सवले आफ्नो कुशल व्यवस्थापनले ५देखि ६ हजार दर्शक उपस्थितिमा लगभग ४० प्रतिशत उपस्थिति महिलाहरुको रहेको थियो ।

 कार्यक्रममा विभिन्न स्टालहरु राखिएका थिए जसमा मिथिला चित्रकला एवं हस्तकला सामग्री प्रदर्शनीमा राखिनुका साथै जनकपुरको लोकप्रिय व्यञ्जन लस्सी, माछा आदि जस्ता परिकारहरुसमेत उपलब्ध गराइएको थियो । 

यस क्षेत्रका युवा पुस्तामा आफ्नो संस्कृतिको अध्ययन र ज्ञानको अभिवृद्धि तथा विकासका साथै ती लोक बाजा तथा सङ्गीतको जगेर्नाका लागि चेतना फैलाउने उद्देश्य बोकेको भूमि लोक उत्सवले स्थानीयहरूबाट पाएको सहयोग र सहभागिता अत्यंत सराहनीय रहेको र आउने वर्षहरुमा यस कार्यक्रमको उचाई एवं सफलता अझै बढ़ने विश्वास गर्न सकिन्छ ।

 

 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ५५ बजे

ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो

काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य

प्राधिकरण-ईप्पान साझेदारीमा काबेली करिडोर प्रसारण लाइन पुनःनिर्माण सम्पन्न

काठमाडौं – इलामको माइखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर

अमेरिका र चीनबीच सहकार्य हुनुपर्छ : चिनियाँ राष्ट्रपति सी 

बेइजिङ– बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति

सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र

काठमाडौं – सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ

ग्वार्को फ्लाइओभरमा मोटर गुडाउन अझै तीन महिना कुर्नुपर्ने

काठमाडौं – ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण सम्पन्न हुन अझै