व्यवस्थापन लक्ष्यभन्दा कम मुद्रा स्फिति, निजी क्षेत्रमा कर्जा प्रवाह भने बढेन « Khabarhub

व्यवस्थापन लक्ष्यभन्दा कम मुद्रा स्फिति, निजी क्षेत्रमा कर्जा प्रवाह भने बढेन


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक व्यवस्थापन गर्ने नीतिअनुसार लिएको मुद्रास्फितिको लक्ष्य भन्दापनि कम मुद्रास्फिति भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षा मार्फत सो जनाएको हो ।

‘मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

 २०८१ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा प्रतिवेदनअनुसार २०८१ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ, अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । 

तरकारी तथा दलहन उप– समूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.५० प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशत रहेको थियो । 

त्यस्तै, राष्ट्र बैंकको मौद्रिक समीक्षाअनुसार २०८१ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा तलब तथा ज्याला सूचकाङ्क ३.३६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको थियो ।

भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको अवस्थामा मध्यपूर्वी एशियाली मुलुकमा विद्यमान भू–राजनीतिक तनाव तथा थप जटिल हुँदै गएको रुस युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान पुग्नसक्ने र यसबाट उपभोक्ता मूल्यमा चाप पर्नसक्ने जोखिम भने यथावत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति लक्ष्यको दोब्बर, निजी क्षेत्रमा कर्जा प्रवाह भने बढेन

नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा दोब्बर बढी विदेशी मुद्राको सञ्चिति भएको मौद्रिक समीक्षा प्रतिवेदनमा उल्लेख गरेको छ । कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेगरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ असोज मसान्तमा १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या वृद्धि भई विप्रेषण आप्रवाहमा समेत वृद्धि हुने अनुमानका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि विदेशी विनिमय सञ्चिति सुविधाजनक रहने अनुमान राष्ट्र बैंकले गरेको छ । अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको जनाइएको छ ।

ब्याजदर करिडोर घटाएर कार्यान्वयन भएको तर, निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धिको प्रक्षेपणअनुसार प्रवाह नभएका समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

‘मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ’, समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर ६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जाको वृद्धिदर ४.८ प्रतिशत रहेको थियो ।  

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा १२.८ प्रतिशतले वृद्धि भएको छ । २०८० असोज मसान्तमा निक्षेपको वार्षिक विन्दुगत वृद्धिदर १४.९ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : ४४ बजे

जनमत पार्टीका अध्यक्ष डा. राउतले गरे मतदान

राजविराज– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले सप्तरीको प्रतिनिधिसभा

तोसिमा कार्कीले गरिन् मतदान

काठमाडौं–  ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले आज मतदान गरेकी छन्। मतदानपछि

बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान

मतदान गरेर फर्किए १०५ वर्षीय खड्का

काठमाडौं- काठमाडौं बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा १०५ वर्षिय  चन्द्रबहादुर

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण