बंगलादेशमा इस्कोनलाई प्रतिबन्ध लगाउने माग अदालतद्वारा खारेज | Khabarhub Khabarhub

बंगलादेशमा इस्कोनलाई प्रतिबन्ध लगाउने माग अदालतद्वारा खारेज


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा इस्कोनको गतिविधिमाथि प्रतिबन्ध लगाउन भइरहेको सरकारी प्रयासलाई अदालतले अंकुश लगाइदिएको छ ।

ढाकास्थित उच्च अदालतले इस्कोनको गतिविधिमा प्रतिबन्ध लगाउन मागसहित दर्ता निवेदनलाई खारेज गरिदिएको हो ।

त्यसपछि इस्कोनले एक विज्ञप्ति जारी गर्दै उच्च अदालतको उक्त फैसालको स्वातग गरेको छ।

यो निवेदन बंगलादेशको सर्वोच्च अदालतका वकील मोहम्मद मोनिर उद्दिनले दर्ता गराएका थिए । जसमा इस्कोनमाथि प्रतिबन्ध लगाउन माग गरिएको थियो ।

त्यसको एक दिनअघि बंगलादेशका महान्यायाधिवक्ताले अदालतलाई इस्कोनसँग सम्बन्धित कुनै पनि फैसला नलिन भनेका थिए । सरकारले इस्कोनबारे जरूरी कारबाही थालेको भन्दै महान्यायाधिवक्ताले यस्तो माग गरेका थिए ।

इस्कोनका प्रवक्ता राधारमण दासले समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, ‘यो हाम्रा लागि ठूलो राहतको कुरा हो, बंगलादेशको उच्च अदालतले हामीमाथि प्रतिबन्ध गर्न दिइएको निवेदन खारेज गरिदिएको छ।

तर उनले यस मामिलामा मोहम्मद युनुश नेतृत्वको वर्तमान बंगलादेशी सरकारको व्यवहार र नीतिलाई लिएर आफूहरू चिन्तित रहेको बताए ।

दासले बंगलादेश सरकारले अल्पसंख्यकहरूको सुरक्षामा उचित कदम चाल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १ : ०३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित