बंगलादेशमा इस्कोनलाई प्रतिबन्ध लगाउने माग अदालतद्वारा खारेज « Khabarhub

बंगलादेशमा इस्कोनलाई प्रतिबन्ध लगाउने माग अदालतद्वारा खारेज


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा इस्कोनको गतिविधिमाथि प्रतिबन्ध लगाउन भइरहेको सरकारी प्रयासलाई अदालतले अंकुश लगाइदिएको छ ।

ढाकास्थित उच्च अदालतले इस्कोनको गतिविधिमा प्रतिबन्ध लगाउन मागसहित दर्ता निवेदनलाई खारेज गरिदिएको हो ।

त्यसपछि इस्कोनले एक विज्ञप्ति जारी गर्दै उच्च अदालतको उक्त फैसालको स्वातग गरेको छ।

यो निवेदन बंगलादेशको सर्वोच्च अदालतका वकील मोहम्मद मोनिर उद्दिनले दर्ता गराएका थिए । जसमा इस्कोनमाथि प्रतिबन्ध लगाउन माग गरिएको थियो ।

त्यसको एक दिनअघि बंगलादेशका महान्यायाधिवक्ताले अदालतलाई इस्कोनसँग सम्बन्धित कुनै पनि फैसला नलिन भनेका थिए । सरकारले इस्कोनबारे जरूरी कारबाही थालेको भन्दै महान्यायाधिवक्ताले यस्तो माग गरेका थिए ।

इस्कोनका प्रवक्ता राधारमण दासले समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, ‘यो हाम्रा लागि ठूलो राहतको कुरा हो, बंगलादेशको उच्च अदालतले हामीमाथि प्रतिबन्ध गर्न दिइएको निवेदन खारेज गरिदिएको छ।

तर उनले यस मामिलामा मोहम्मद युनुश नेतृत्वको वर्तमान बंगलादेशी सरकारको व्यवहार र नीतिलाई लिएर आफूहरू चिन्तित रहेको बताए ।

दासले बंगलादेश सरकारले अल्पसंख्यकहरूको सुरक्षामा उचित कदम चाल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १ : ०३ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६