पन्ध्र वर्षयताकै दोस्रो लामो फिल्म बन्दै ‘पुष्पा-२’ | Khabarhub Khabarhub

पन्ध्र वर्षयताकै दोस्रो लामो फिल्म बन्दै ‘पुष्पा-२’


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेलगु नायक अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ डिसेम्बर ५ बाट प्रदर्शनमा आउँदैछ । यो बहुप्रतिक्षित फिल्म हो ।

११ दिनअगाडि सार्वजनिक ट्रेलरलाई यो फिल्म बहुप्रतिक्षित हो भन्ने पुष्टि गरेको छ । ट्रेलरलाई दर्शकले रुचाए र सकारात्मक प्रतिक्रिया दिएको पाइन्छ ।

प्रदर्शनमको संघार रहेको यो फिल्मको सेन्सरको काम पनि सकिएको छ । भारतीय मिडिया हिन्दुस्तान टाइमका अनुसार त्यहाँको सेन्सर बोर्डले ‘यू/ए’  प्रमाणपत्र प्रदान गरेको छ ।

यो फिल्म २०० मिनेट अर्थात् ३ घण्टा २० मिनेट लामो रहेको हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । अर्थात् यो फिल्म रणवीर कपुरले खेलेको ‘एनिमल’ भन्दा १ मिनेट मात्रै छोटो छ ।

‘एमिनल’ पछिल्लो १५ वर्षयता बनेको सबैभन्दा लामो फिल्म हो । यसअर्थमा ‘पुष्पा–२’ एक मिनेटका कारण १५ वर्षयता बनेको सबै लामो दोस्रो फिल्म बन्ने भएको छ ।

‘पुष्पा-२’ सुपर हिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृङ्खला हो । प्रदर्शनअगावै यस फिल्मले ९ सय करोड कमाइसकेको छ । यसको केन्द्रीय भूमिकामा अल्लु अर्जुन र नायिका रस्मिका मन्नदन्ना हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : ३२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका