एनपीएलको पहिलो खेलका टिकट र पास सकिएपछि पारसको आग्रह- अब फोन नगर्नुस् « Khabarhub

एनपीएलको पहिलो खेलका टिकट र पास सकिएपछि पारसको आग्रह- अब फोन नगर्नुस्


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलका सबै टिकट र भीआईपी पास सकिएको जनाएको छ ।

क्यानका महासचिव पारस खड्काले सीमित पूर्वाधारका कारण पहिलो खेलका सबै टिकट र भीआईपी पासहरू सकिएको भन्दै समन्वय गरिदिन अनुरोध गरेका हुन् ।

खड्काले शनिबार हुन गइरहेको उद्घाटन खेलका लागि टिकट नभएका खेलप्रेमीलाई टेलिभिजन वा डिजिटल प्लेटफर्ममार्फत् हेर्न पनि अनुरोध गरेका छन् ।

‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो म्याचका टिकट र भीआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ,’ खड्काले भनेका छन्, ‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : २१ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा