मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित « Khabarhub

मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कोलालम्पुर– मलेसियाका धेरै राज्यहरूमा भारी वर्षापछि आएको बाढीले कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ८० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

राष्ट्रिय विपद् कमान्ड सेन्टरका अनुसार यस हप्ता ८० हजार ५८९ बासिन्दालाई सात वटा  राज्यका ४६७ वटा अस्थायी आश्रयमा सारिएको छ । बाढीका कारण उत्तरपूर्वी केलान्टान राज्य र तेरेङ्गानु सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रभावित राज्यहरूमा केलान्टानमा उद्धार कार्यमा सहयोग गर्न खोजी र उद्धार टोली परिचालन गरिएको विपद् केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

लामो समयसम्म परेको भारी वर्षा शनिबारसम्म देशव्यापी हुने पूर्वानुमान गरिएको मौसम विभागका प्रवक्ताले बताएका छन्  ।

नोभेम्बरदेखि मार्चसम्म भारी वर्षा ल्याउने उत्तरपूर्वी मनसुनका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रमा बाढी नियमित वार्षिक दुर्घटनाजस्तै बनेको छ ।

बर्नामा समाचार एजेन्सीका अनुसार उपप्रधानमन्त्री अहमद जहिद हामिदीले बिहीबार बाढी सन् २०१४ को भन्दा पनि गम्भीर हुने अपेक्षा गरिएको बताएका छन् ।

बाढी प्रभावित राज्यहरूमा उद्धारका लागि डुङ्गा, चार पाङ्ग्रे सवारी साधन, हेलिकप्टरसहित हजारौँ आपतकालीन सेवाका कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ३५ बजे

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको

मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र