कोशीमा एमाले–कांग्रेसको निर्णय : पहिचान पक्षधरसँग वार्ता गर्ने « Khabarhub

कोशीमा एमाले–कांग्रेसको निर्णय : पहिचान पक्षधरसँग वार्ता गर्ने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको एमाले–कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसँग समिति बनाएर वार्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार विराटनगरस्थीत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संयन्त्रको बैठकले पहिचान पक्षधरसँग तत्काल संवाद गर्ने र यसका लागि प्रदेश सरकारले समिति बनाएर वार्ता सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले ताप्लेजुङको पाथीभरा मन्दिरमा बनाउन लागिएको केबलकार निर्माणको विवाद समाधानका लागि वार्ता टोली बनाउन प्रदेश सरकारलाई आग्रह गरेको दुई दलीय संयन्त्रका संयोजक शेरधन राईले जानकारी दिए ।

कोशी प्रदेश सरकारलाई बजेटको स्थिति, खर्चको विवरण र योजनाहरूको कार्यान्वयनको अवस्थालाई हेरेर बजेट संशोधन गर्न निर्देशन दिए अनुसार  कोशी प्रदेशको बजेट पुनरावलोकन गरी संशोधन गर्ने निर्णय पनि संयन्त्रले गरेको उनले बताए ।

बैठकपछि कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बजेट अनुसार सञ्चालनमा नरहेका कार्यक्रमहरू बारे पुनर्विचार गरेर बजेट संशोधन गरिने जानकारी दिए ।

एमाले र कांग्रेसका प्रतिनिधिहरू बाहेक प्रदेश सरकारका मन्त्रीहरू र सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए । सो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले कोशी प्रदेशको बजेटको अवस्था, आय व्ययको विवरण, योजना कार्यान्वयनको स्थिति बारे जानकारी गराएका थिए  ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ४८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज