कोशीमा सडक दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान « Khabarhub

कोशीमा सडक दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धरान- दैनिकजसो बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्न कोशी प्रदेशमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिने भएको छ ।

शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबैलाई साथमा लिएर आधारभूत तहसम्म अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका हुन्।

पुस देखि चैतसम्म सञ्चालन हुने अभियानमा यातायात मजदुर तथा सडक प्रयोगकर्तालाई सडकमा यात्रा गर्दा अपनाउनु पर्ने सतर्कता, नियम र अनुशासनबारे सचेत गराइनेछ ।

कोशी प्रदेशको १४ वटै जिल्ला सञ्चालन हुने अभियानको पहिलो चरणमा सप्तकोशीदेख काकडभिट्टासम्मका सडक, दोस्रो चरणमा पहाडी जिल्लाहरू र तेस्रो चरण्माा कलेज तथा विद्यालयहरूमा सचेतना अभियान सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अध्यक्ष सरोज श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी विनोद घिमिरे, कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, संगठनका कोशी अध्यक्ष गौरी लामासहितका प्रतिनिधिमण्डलले मुख्यमन्त्री कार्कीको कार्यकक्षमा भेटेर सरोकारवाला सबैलाई सरकारले साथमा लिएर सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गर्न प्रस्ताव गरेका थिए ।

छलफलका क्रममा मुख्यमन्त्री कार्कीले यो अभियान अत्यावश्यक रहेको र प्रदेश सरकारले तयारी गरिरहेकै अवस्थामा मजदुर, व्यवसायी र ट्राफिक प्रहरीबाट अबधारणा सहित प्रस्ताव आएकाले खुशी लागेको बताए ।

सडक दुर्घटनाको बढ्दो ग्राफले हामी सबै सडक दुर्घटनाको जोखिममा रहेकाले यो अभियानप्रस्ताव गरिएको मजदुर नेता राईले बताए ।

प्रस्तावित अभियान सम्पन्न गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको  यातायात महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश कमिटी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, कोशी प्रदेश कमिटी, नेपाल यातायात मजदुर संघ, कोशी प्रदेश कमिटी, अखिल नेपाल यातायात मजदुर संघ, कोशी प्रदेश प्रदेश कमिटी, र अन्य सरोकारवालालाई समेत समेटेर कार्यदल निर्माण गर्न प्रस्ताव गरिएको राईले जानकारी दिए ।

उक्त कार्यदलकै प्रयत्नमा सचेतना सामग्रीहरू पर्चा, स्टिकर प्रकाशन गरी प्रदेशका सबै पालिकाका चोक र सडकहरूमा ‘सडक सचेतना शिक्षा’ सञ्चालन गर्ने उनले बताए ।

अभियानका क्रममा बसपार्क, ग्यारेज, फुटपाथ, चोक, स्कुल, कलेज केन्द्रित सचेतना कार्यक्रम गरिने जनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ३० बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा