कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा « Khabarhub

कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाट गराउन सफल भएपछि पुल सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालय, जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार सिरहातर्फ तटबन्ध निर्माण गरी नदीको धार नियन्त्रण गरिएको छ ।

नदीको धार परिवर्तन भएसँगै पुललाई दुवैतर्फको सडकसँग जोड्ने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार अहिले पुलको दुवैतर्फ माटो भर्ने र रेलिङ लगाउने काम भइरहेको छ । यी काम सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइनेछ । कमला नदीमा पुल नहुँदा सिरहा र धनुषाका बासिन्दाले वर्षौंदेखि आवागमनमा कठिनाइ भोग्दै आएका थिए ।

विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा डुङ्गाको सहारा लिनुपर्ने र जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता थियो । यसले स्थानीयवासीको दैनिक आवागमनसँगै शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा समेत असर पुर्‍याउँदै आएको थियो ।

धनुषाको कमला नगरपालिकाका स्थानीय सुरेश यादवले पुल सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, व्यापार र दैनिक कामकाजका लागि दुई जिल्लाबीच आवतजावत गर्न सहज हुने बताए ।

पुल सञ्चालनमा आएपछि कृषि उपज तथा स्थानीय उत्पादनको ढुवानी सहज हुनुका साथै किसान, व्यापारी र सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ । यसले सिरहा र धनुषाबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई समेत थप सहज बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ५ : ४९ बजे

एनपीएल फाइनल : लुम्बिनीले गुमायो तेस्रो विकेट, रत्नायकेको बलमा डिकवेला आउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम- सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल

एनपीएल फाइनल : लुम्बिनीले गुमायो दोस्रो विकेट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

प्रधानमन्त्रीले भारत भ्रमणमा निजी क्षेत्रका समस्यालाई उठाउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं- नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भारतसँगको आर्थिक

एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा साविक विजेता