उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन र व्यापार क्षेत्रमा लगानीलगायत समसामयिक विषयमा विचार विमर्श भएको थियो ।

त्यस क्रममा उपराष्ट्रपति यादवले नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै मुलुक साझा संस्कृति र धर्मले बाँधिएको बताएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

‘बुद्ध धर्मले दुई देश र जनताबीच मित्रता र सहयोगको बलियो बन्धन बनाएको छ’, उनले भने, ‘विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरूमा दुई देशबीच घनिष्ठ सहयोग र समान विचारहरू रहेकाप्रति खुसी व्यक्त गर्दछु ।’

उपराष्ट्रपति यादवले सांस्कृतिक आदानप्रदान, पर्यटन र खेलकुद, कृषि र पशुपालन विकास, विश्वविद्यालय, व्यवसायी समुदायबीचको सहकार्यसम्बन्धी विभिन्न द्विपक्षीय सम्झौतामा मार्च २०२५ मा हुने ‘बिमस्टेक’ शिखर सम्मेलनका क्रममा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको बताए  ।

‘यसले हामीलाई नयाँ क्षेत्रहरूमा सहकार्य गर्ने थप अवसर प्राप्त हुनेछ’, उनले भने, ‘नेपालमा ऊर्जा, पूर्वाधार, उत्पादन, स्वास्थ्य, आइसिटी र कृषिलगायत क्षेत्रमा सहकार्य आवश्यक छ ।’

उपराष्ट्रपति यादवले सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रको सूचिबाट स्तरोन्नति हुनुको साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने नेपालको मुख्य प्राथमिकता रहेको बताए।

उनले भने, ‘अतः नेपालको यस विकास र समृद्धिका यात्रामा थाइल्याण्डको सहयोग निरन्तर प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।’ उनले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र सहयोगका नयाँ आयाममा सहकार्य गर्ने नेपाल सरकारको प्रतिबद्धतासमेत व्यक्त गरे ।

राजदूत सवापोङ्ग सिरिसोर्नले दुई देशबीच जनस्तरमा प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध धर्मलाई केन्द्रमा राखेर हेर्दा धेरै कुरा दुवै देशमा साझा रहेको बताए । ‘नेपालमा व्यापारिक सम्भावना धेरै छ । हाम्रो तर्फबाट नेपाल बिजनेस फोरम र थाइ बिजनेस फोरमसँगै बसेर व्यापारको क्षेत्रमा थप के गर्न सकिन्छ भन्ने प्रयास भइरहेको छ ।’

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ११ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका