बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक « Khabarhub

बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लण्डन– गायक अनिश पाण्डेको नयाँ म्युजिक भिडियो ‘तिमी छौ र पो म छु’ सार्वजनिक भएको छ । बेलायतलाई कर्मथलो बनाएका गायक पाण्डेले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

यो भावनात्मक युगल गीतमा पाण्डे र चर्चित गायक रूपक डोटेलको आवाज रहेको छ । शब्द र संगीत पाण्डेकै सिर्जना हुन्, भने गीतको एरेञ्ज सञ्जीव बराइलीले गरेका छन् । भिडियोलाई बेलायतका  युकेका रमणीय स्थानहरू—ह्विट्बी एबे, माम टोर, र डनकास्टर—मा खिचिएका दृश्यहरूसहित प्रस्तुत गरिएको छ ।

त्यस्तै, म्युजिक भिडियोमा महिला कलाकार निसु पौडेल रहकी छन् । गीतलाई इञ्जिनियर मदन रेन म्याडीद्वारा स्ट्यानवेल स्टुडियो, लण्डनमा रेकर्ड गरिएको हो ।

मिक्सिङ र मास्टरिङ सश्वत श्रेष्ठद्वारा गरिएको छ । सम्पादन मनोज कार्कीले गरेका छन् । गीतको निर्देशन बेलायतका चर्चित सिनेमाटोग्राफर सुमन श्रेष्ठले गरेका छन् । यसअघि गायक पाण्डेले अञ्जु पन्तसँग ‘सुस्टारी’ बोलको डुएट गीत गाएका छन् । पाण्डेले हालसम्म आधा दर्जनभन्दा बढी गीत गाइसकेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोस् :

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ११ : ३२ बजे

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक