बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक « Khabarhub

बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लण्डन– गायक अनिश पाण्डेको नयाँ म्युजिक भिडियो ‘तिमी छौ र पो म छु’ सार्वजनिक भएको छ । बेलायतलाई कर्मथलो बनाएका गायक पाण्डेले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

यो भावनात्मक युगल गीतमा पाण्डे र चर्चित गायक रूपक डोटेलको आवाज रहेको छ । शब्द र संगीत पाण्डेकै सिर्जना हुन्, भने गीतको एरेञ्ज सञ्जीव बराइलीले गरेका छन् । भिडियोलाई बेलायतका  युकेका रमणीय स्थानहरू—ह्विट्बी एबे, माम टोर, र डनकास्टर—मा खिचिएका दृश्यहरूसहित प्रस्तुत गरिएको छ ।

त्यस्तै, म्युजिक भिडियोमा महिला कलाकार निसु पौडेल रहकी छन् । गीतलाई इञ्जिनियर मदन रेन म्याडीद्वारा स्ट्यानवेल स्टुडियो, लण्डनमा रेकर्ड गरिएको हो ।

मिक्सिङ र मास्टरिङ सश्वत श्रेष्ठद्वारा गरिएको छ । सम्पादन मनोज कार्कीले गरेका छन् । गीतको निर्देशन बेलायतका चर्चित सिनेमाटोग्राफर सुमन श्रेष्ठले गरेका छन् । यसअघि गायक पाण्डेले अञ्जु पन्तसँग ‘सुस्टारी’ बोलको डुएट गीत गाएका छन् । पाण्डेले हालसम्म आधा दर्जनभन्दा बढी गीत गाइसकेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोस् :

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ११ : ३२ बजे

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।