क्रान्तिकारीमा एकपछि अर्को विवाद, उमेरहदको मतगणनामा पनि किचलो | Khabarhub Khabarhub

क्रान्तिकारीमा एकपछि अर्को विवाद, उमेरहदको मतगणनामा पनि किचलो


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको महाधिवेशनमा देखिएको विवाद थामिएको छैन ।

संगठनको राष्ट्रिय सम्मेलनको मतगणनाका क्रममा फेरि विवाद देखिएको हो । नयाँ विवादका कारण क्रान्तिकारीको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना स्थगित भएको छ।

क्रान्तिकारीको मतगणनामा विवाद भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो।

गत असोज १० गतेदेखि सुरू भएको राष्टिय सम्मेलन उमेर हदसबन्धी विवाद बढेपछि स्थगित भएको थियो ।

विवाद मिलाउन शनिबार निर्वाचन गरिएको थियो । तर तर त्यो पनि विवादमा परेपछि अन्तिम समयमा अनिश्चतकाललाई मतगणना स्थगित गरिएको हो ।

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने या नलगाउने भन्ने निर्णय गर्न शनिबार मतदान भएको थियो । मुख्यतयाः बैतडी, दाङ र गुल्मीमा विवाद भएको छ ।

निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित गरिएको जनाएको छ ।

‘गैह्रभूगोल जिल्लाहरूका मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी छ’, निर्वाचन समितिले भनेको छ, ‘ती कागजातहरू प्राप्त भएपछि मात्रै गणनाले पूर्णता पाउने हुँदा तत्पश्चात मतपरिणाम सार्वजनिक गरिने छ ।’

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : ५६ बजे

भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध

जनकपुरधाम –  स्थापनाको सात वर्षपछि प्रदेश सभामा मधेशको कामकाजी भाषाको

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी

सातामा ५३ अङ्कले बजार बढ्दा शेयरधनीलाई राहत

काठमाडौं – माघ महिनाको दोस्रो कारोबार साता अर्थात् माघ ६

भिसा नलागेका विद्यार्थीको करोडौँ रकम राज्यको कब्जामा

काठमाडौं – एमएसी अध्ययन निम्ति गोरखाकी एक विद्यार्थीले नेपालको शिक्षा

वरिष्ठ अधिवक्ता त्रिपाठीले इजलासमा भने- सहकारी पीडितलाई न्याय दिन रविलाई थुनामा पठाउनुपर्छ

रुपन्देही- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय