विपन्न परिवारका विद्यार्थीलाई ट्रयाक सुट « Khabarhub

विपन्न परिवारका विद्यार्थीलाई ट्रयाक सुट


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी-अरनिको हस्पिटल उर्लाबारीले मोरङको मिक्लाजुङ-३स्थित सूर्यमुखी प्राथामिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट सहयोग गरेको छ।

बिपन्न परिवारका २५ जना विद्यार्थीलाई विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच ट्रयाक सुट वितरण गरिएको हो ।

हस्पिटलका अध्यक्ष लोलिम पोमु,मिक्लालुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले विद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गरे ।

जाडोको समयमा ट्रयाक सुटले न्यानो बनाएर विद्यार्थीलाई ठूलो सहयोग मिलेको स्थानीय समाजसेवी खगेन्द्र मादेनले बताए ।

‘यो विद्यालयमा अतिबिपन्न परिवारका विद्यार्थी अध्ययन गर्छन् । एकसरो कपडा किनिदिन परिवारलाई हम्मे पर्छ’, मादेनले विद्यार्थीलाई देखाउदै भने, ‘यिनीहरूलाई ठूलो राहत मिलेको छ ।’

न्यानो कपडा पाएपछि बिद्यार्थीहरु निक्कै रमाएका थिए। अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले स्थानीयबाट विद्यार्थीको समस्या सुनेर सहयोग गरेको बताए ।

गाउँपालिका अध्यक्ष बबिकुमार राईले हस्पिटलको काम उदाहरणीय भएको बताएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : १२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको