विपन्न परिवारका विद्यार्थीलाई ट्रयाक सुट « Khabarhub

विपन्न परिवारका विद्यार्थीलाई ट्रयाक सुट


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी-अरनिको हस्पिटल उर्लाबारीले मोरङको मिक्लाजुङ-३स्थित सूर्यमुखी प्राथामिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट सहयोग गरेको छ।

बिपन्न परिवारका २५ जना विद्यार्थीलाई विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच ट्रयाक सुट वितरण गरिएको हो ।

हस्पिटलका अध्यक्ष लोलिम पोमु,मिक्लालुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले विद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गरे ।

जाडोको समयमा ट्रयाक सुटले न्यानो बनाएर विद्यार्थीलाई ठूलो सहयोग मिलेको स्थानीय समाजसेवी खगेन्द्र मादेनले बताए ।

‘यो विद्यालयमा अतिबिपन्न परिवारका विद्यार्थी अध्ययन गर्छन् । एकसरो कपडा किनिदिन परिवारलाई हम्मे पर्छ’, मादेनले विद्यार्थीलाई देखाउदै भने, ‘यिनीहरूलाई ठूलो राहत मिलेको छ ।’

न्यानो कपडा पाएपछि बिद्यार्थीहरु निक्कै रमाएका थिए। अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले स्थानीयबाट विद्यार्थीको समस्या सुनेर सहयोग गरेको बताए ।

गाउँपालिका अध्यक्ष बबिकुमार राईले हस्पिटलको काम उदाहरणीय भएको बताएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : १२ बजे

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको