पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन् ।

महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी प्रवेशत तथा अन्तरक्रिया कार्यक्रममा भाग लिएर जनकपुर पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो,’ उनले भने ।

महासचिव पोखरेलले एमाले अहिले पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भएको पनि बताए ।

यदि भण्डारी सक्रिय राजनीतिमा आए प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन सक्ने अनुमान छ । ११औँ महाधिवेशनमा अध्यक्ष उठेर भण्डारीले एमालेको राजनीतिमा कमब्याक गर्ने चर्चा छ । त्यहीक्रममा महासचिव पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा निम्तो दिने गरी स्वागतयोग्य भनेर टिप्पणी गरेका हुन् ।

पूर्व राष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउन चाहेपछि पार्टीभित्र ध्रुवीकरण भइरहेको छ । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले एमालेमा फर्किने संकेत गरेसँगै ओलीइत्तर नेताहरू उनको निवास भंगालमा धाइरहेका छन् ।

अहिले ओली क्याम्पकै र उनीबाट पेलिएकाहरू पनि भण्डारीलाई हौस्याउँदै उनको निवास पुगिरहेका छन् ।

एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू भण्डारीका लागि लबिङइ गरिरहेका छन् ।

पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटा र सुदूरपश्चिमका नेता कर्ण थापा पनि भण्डारीको पक्षमा लबिइङ गरिरहेका छन् । उत कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई पनि भण्डारीकै पक्षमा छन् । उनी भण्डारीको संरक्षण प्राप्त नेतामध्ये एक हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय एमालेका भ्रातृसंगठनले गर्ने कार्यक्रममा आफूलाई सक्रिय बनाइरहेकी छन् । उनले जिल्लाबाट आएका आफूनिकट नेता कार्यकर्तालाई पनि सुझाव माग्दै भेटलाई तीव्र पारिरहेकी छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : ०७ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म