पर्सामा प्रधानमन्त्रीले भने- व्यवहारबाट पुष्टि भइसक्यो, देश बनाउने पार्टी एमाले मात्रै हो | Khabarhub Khabarhub

पर्सामा प्रधानमन्त्रीले भने- व्यवहारबाट पुष्टि भइसक्यो, देश बनाउने पार्टी एमाले मात्रै हो


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन् ।

नेकपा (एमाले) को पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताए ।

‘हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरूले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ’, उनले भने, ‘मान्छेलाई अधिकारसम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई महत्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्छ, ढुक्क हुनुहोस् ।’

देश बनाउने पार्टी एमाले मात्रै रहेको उनको जिकिर थियो । ‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो’, उनले भने,‘त्यसकारण म अरु पार्टीमा रहेका साथीहरूलाई एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशका आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।’

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको बताए ।

स्थानीयबासीको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको र नापी तथा मालपोत कार्यालय खोलिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय पनि ल्याउने आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गरे ।

उनले महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यसअनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ५२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस