हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक (भिडियो)


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  माघ २५ बाट प्रदर्शनमा आउने हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले आइतबार सार्वजनिक गरेको टिजरमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की, दिया मास्के र सुलक्षण भारतीलगायतलाई स्थान दिइएको छ ।

एक मिनेट ३८ सेकेण्ड लामो टिजर हरर खुराकहरुलाई विशेष स्थान दिइएको छ । कालो बिरालो ‘अशुभ’ हुन्छ भन्ने मान्यतालाई टिजरमा अटाउने प्रयास गरेको पाइन्छ ।

टिजरमा एक बालकले भन्छन्, ‘कालो बिरालो त बोक्सीको बान हो ।’ टिजरले फिल्मका कलाकारहरुको भूमिका खुलाउँछ । साथै, यसले एउटा परिवारमा निम्तिने ‘काला विपत्ति’को कथा उठान गरेको बुझ्न सकिन्छ ।

निर्माण पक्षका अनुसार एक परिवारले कुकुरको निधनपछि कालो बिरालोलाई पालेपछि उत्पन्न हुने घटनाहरुका बारेमा फिल्म बनेको छ ।

फिल्ममा प्रियंका, दिया, शुलक्षणसहित समिप निरौला, धनश्याम जोशी, आयुषी ढकाल लगायतको अभिनय रहेको छ ।

एस ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यही फिल्मबाट समर निरौलाले निर्देशनमा डेब्यू गर्दैछन् । समर र पूर्णिमाको लेखन रहने यस फिल्मको निर्माता लोकराज जोशी र पूर्णिमा आफैँ हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ४९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका