अर्थसंक्षेप : सहकारीलाई अंकुश लगाउँदै सरकारले जारी गर्‍यो अध्यादेश, २१ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : सहकारीलाई अंकुश लगाउँदै सरकारले जारी गर्‍यो अध्यादेश, २१ अंकले घट्यो नेप्से


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको छ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले घटेको छ ।

आजका आर्थिक समाचार :

सहकारीलाई अंकुश लगाउँदै सरकारले जारी गर्‍यो अध्यादेश

सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको छ ।

मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश जारी गरेका हुन् । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न ल्याउन लागिएको अध्यादेश बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो ।

गत मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश पारित गरेको थियो ।

२१ अंकले घट्यो नेप्से

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले घटेको छ । नेप्सेमा आइतबार ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २६०९.८९ अंकमा आइपुगेको हो ।

नेप्सेमा आएको गिरावटसँगै पुँजीकरणमा समेत ०.८० प्रतिशतले गिरावट आएको छ । आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २ वटा कम्पनीको शेयर मूल्यमा भने तटस्थ रह्यो ।

‘विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी’

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् ।

‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौँ र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराउँदैछौँ ।‘

काठमाडौं महानगरपालिकाको बजेट संशोधन प्रस्ताव

चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी हुन् ।

‘महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरू हेरफेर गर्न जरुरी देखिएको छ’, उपप्रमुख डंगोलले भनिन्, ‘विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।’

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो । उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।

उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । ‘हामीसँगै कच्चा पदार्थको अभाव छैन’, अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ’, उनले भने ।

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक खण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन्।

समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ। विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ५३ बजे

जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल

तनहुँ– तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा

‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति

कञ्चनपुर– ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइँदै

काभ्रेपलाञ्चोक– राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १०

न्यूजर्सी आइल्याण्ड : पहिले हिटलरको उपनिवेश, अहिले गाई र पर्यटकको लर्को

१९ अप्रिल १९९९ बाट जर्सी टापुस्थित ‘ड्युरेल वाईल्ड लाईफ प्रिजर्भेशन

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

म्याग्दी– प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा