अटो रिक्सा बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या « Khabarhub

अटो रिक्सा बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– व्यावसायिक रूपमा सञ्चालित अटो रिक्साको सङ्ख्या वृद्धि हुन  थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जथाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।

भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए ।

प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्नका लागि कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने बताए । अव्यवस्थित रूपमा सञ्चालन गरिएका अटो रिक्सालाई कानूनको दायरामा ल्याई नियमन गर्नुपर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ ।

पछिल्लो समय सिरहामा अटो रिक्सा ठूलो सङ्ख्यामा भित्रिरहेका छन् । ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतीका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजारको सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । जुन सडकको क्षमता भन्दा तीन दोब्बरले बढी हो । सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रूपमा जथाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको उप्रेतीको भनाइ छ ।

चाहिनेभन्दा बढी भएपछि रिक्साले बजार नै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । उनले भने, ‘बजारमा रिक्साले आतङ्क सिर्जना गरेको छ । नियमन गर्नका लागि स्पष्ट नीति र नियम छैन । रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था पनि छैन । यसले गर्दा दुर्घटना भएपछि कर्तव्य ज्यान मुद्दा आकर्षित हुन्छ ।’ उनले यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

बिना दर्ता र अव्यवस्थित रूपमा लहान क्षेत्रमा सञ्चालन हुँदै आएका अटो, ट्याम्पो तथा ई–रिक्सालाई व्यवस्थापन र नियमन गर्न नगरपालिकाले कार्यविधि तयार पारेर लागू गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनले रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १० : ०८ बजे

रास्वपा सिरहा अधिवेशनमा कुटाकुट : र्‍यापिड एक्सन टिमका सदस्यको सर्टमा प्वाल पर्यो, औँला भाँचियो !

सिराहा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व

खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका राईद्वारा पार्टी छाडेको घोषणा

खोटाङ – खोटाङमा नेकपा एमालेबाट दुई पटक निर्वाचित वडाध्यक्षले पार्टी

ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति

काठमाडाैं – नेकपा (एमाले)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा

परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

काठमाडौं – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत

इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा

ब्रसेल्स – युरोपेली सङ्घ (इयू)ले सोमबार इरानको रिभोलुसनरी गाड्र्सको नौसैनिक