काठमाडौंको गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भिड (तस्बिरहरू) « Khabarhub

पुषे औँसी

काठमाडौंको गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भिड (तस्बिरहरू)


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुषे औँसी तिथीमा गरिने तीर्थ (गया) श्राद्ध आज विभिन्न तिर्थस्थलहरुमा विधिपूर्वक गरिँदैछ। पौष कृष्ण औँसीमा पितृको सम्झनामा नेपालको उत्तरगया मानिने गोकर्णमा गएर श्राद्ध गर्ने परम्परा छ।

वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ।

चन्द्रमास पात्रो अनुसार सूर्य दक्षिणायनको अन्तिम औँसीमा आज हिन्दु धर्मावलम्बीहरुले पितृलाई श्रद्धापूर्वक तर्पण, सिधादान र पिण्डदान गरी श्राद्ध गर्दैछन्। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो।

आज काठमाडौको गोकर्णेश्वर उत्तरगया, तनहुँको त्रिवेणीधाम देवघाट, गुल्मीको रिडी, नुवाकोट र रसुवाको सङ्गम स्थल बेत्रावती लगायतका तीर्थस्थलमा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । गया लगायतका तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १० : २८ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर