फिल्म खलनायक : सन्जयको ठाउँमा देखिने अनिलको पूरा नभएको इच्छा « Khabarhub

फिल्म खलनायक : सन्जयको ठाउँमा देखिने अनिलको पूरा नभएको इच्छा


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्सन क्राइम फिल्म ‘खलनायक’ नखेलेको भए के सन्जय दत्त ? भनेर प्रश्न गर्नेको पनि जमात छ । यो फिल्ममा गरेको अभिनयबाट सन्जयले समर्थकबीच राम्रो पडक जमाए ।

आजको दिनमा सो फिल्ममा सन्जयबाहेक दोस्रो नायकलाई कसैले सोच्न चाहँदैन । सोही फिल्मको ‘नायक नही खालनायक हु मे’ उनको ‘थिम म्युजिक’ बनेको छ ।

सन्जयको वास्तविक ‘ब्याडबोइ’ पात्रसँग जोडिएको फिल्म भएर पनि दर्शकले धेरै रुचाए । सन् १९९३ मा प्रदर्शनमा आएको यही फिल्मले सन्जयलाई बलिउडमा नयाँ मुकाम दिलायो ।

फिल्म प्रदर्शनमा आएको तीन दशकपछि निर्देशक सुभाष घईले सन्जय दत्तको स्थानमा अनिल कपुरले खेल्न चाहेको प्रसङ्ग खुलासा गरेका छन् । जसका लागि अनिल फिल्म निर्माणको घोषणापछि सुभाषलाई भेट्न पुगेका थिए ।

एएनआईसँगको कुराकानीमा घई भन्छन्, ‘मसँग धेरै हिरोले खलनायक फिल्ममा काम गर्ने इच्छा देखाएका थिए । अनिल कपुर पात्रका लागि कपाल खौरन पनि तयार भएका थिए ।’

किन सन्जय ?
खलनायकको मुख्य पात्र सुरुमा आफैँले निर्वाह गर्न चाहेको निर्देशक घई बताउँछन् । तर सन्जयको ‘लुक्स’का अगाडि उनी स्वयंलाई आफू फिक्का लाग्यो । झन् अन्य नायक के फिट हुन सक्थे ?

सन्जयलाई नै लिनुको कारण उनको ‘ब्याडबोइ’ चरित्र भएको घई बताउँछन् । उनी थप्छन्, ‘सन्जयको अनुहार निर्दोष देखिन्छ । रिस उठ्यो भने उनी निकै खतरनाक देखिन्छन् । फिल्ममा यिनै दुई अनुहारको आवश्यकता थियो । त्यसैले उसलाई नै लिइयो ।

यो फिल्ममा सन्जयलाई लिने तयारी गरिरहँदा बलिउडमा घई र अनिलको सहकार्यको खुबै चर्चा थियो । घईको नायक भनेर अनिलको बलिउडमा चर्चा थियो ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : २२ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक