अर्थतन्त्र विकासमुखी भएन : सहमहामन्त्री पाण्डे « Khabarhub

अर्थतन्त्र विकासमुखी भएन : सहमहामन्त्री पाण्डे


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाजुरा– नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताएका छन् । 

नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कोल्टीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री पाण्डेले पुँजीगत खर्चभन्दा अन्य खर्च बढी भएकाले विकासमुखी बजेट बन्न नसकेको जिकिर गरेका हुन्। पत्रकार भेटघाट कार्यक्रममा नेता पाण्डेले सरकारले ल्याएको भन्दा थोरै बजेट विकास-निर्माणमा भएकाले प्राथमिकतामा नपरेको बताए । 

सहमहामन्त्री पाण्डेले अहिले संसद्मा कानुन निर्माणका लागि बनाइएका समितिले पनि काम गर्न नसकेकामा चिन्ता व्यक्त गरे । सांसदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको स्वीकारोक्ति छ । सांसदले गर्नुपर्ने कामभन्दा पनि आउने निर्वाचन केन्द्रित हुन थालेकाले संसद्को भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।

सहमहामन्त्री पाण्डेले भने, ‘प्रत्येक १० वर्षको अवधिमा संविधानमा भएका कुरा थपघट गर्न संविधान पुनरावलोकनमा सोच्नुपर्ने अवस्था आएको छ ।’ कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जिल्लामा राजनीतिक नेतृत्वमा अभिभाकत्वको भूमिका निर्वाह गर्नेको खाँचो रहेको बताएका छन् ।

जिल्लाको पर्यटकीय सम्भावना थुप्रै भएकाले त्यसको प्रचारप्रसार र पहिचान बढाउन आवश्यक रहेको समन्वय प्रमुख रोकायाले बताए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १ : ३४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद