पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट हो : ओली « Khabarhub

पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट हो : ओली


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताएका छन् ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको ‘संसद्मा केपी शर्मा ओली’ विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले विकास र परिपूर्णताको दिशातिर जाने बाटो राजनीति भएकाले सामाजिक प्रबन्धमा सामाजिक न्यायसहित सुव्यवस्थित गर्नु राजनीतिको अभिष्ट भएको र आफूले त्यसका लागि प्रयास गर्दै आएको बताए ।

उनले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गरी लोकतन्त्रको दिशामा अघि बढ्नका लागि राजनीतिक पार्टी र कार्यकर्ताले पहल गर्नुपर्नेमा जोड दिए ।

एमाले महासचिव शङ्कर पोखरेलले नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि भएका आन्दोलनका उपलव्धि संस्थागत गर्न राजनीतिक शक्तिले ध्यान दिन नसकेको जनाउँदै अध्यक्ष ओलीले देश र जनताका खातिर समृद्धिलाई केन्द्रमा राखेर गरेका पहलको सराहना गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले अध्यक्ष ओलीबाट संसद्मा व्यक्त विचारको सङ्कलनले समृद्ध नेपाल निर्माणका यात्रीलाई सहयोग मिल्ने बताए। संविधानविद् नीलाम्बर आचार्यले राजनीति गर्नेले उक्त ग्रन्थकोे अध्ययन गरी अध्यक्ष ओलीका विरुद्ध फैलाइएका भ्रम चिर्नुपर्ने बताए ।

लेखक पुरुषोत्तम दाहालले राष्ट्र र राष्ट्रियता तथा समृद्धिका लागि अध्यक्ष ओलीका अडान विवेकपूर्ण रहेका बताए।

सानुमैयाँ खड्कद्वारा सङ्कलित उक्त ग्रन्थको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गरेकी थिइन् । अध्यक्ष ओलीका २०४८ सालदेखिका संसद्मा व्यक्त १८३ सम्बोधन संलग्न सो कृति आठ सय ३६ पृष्ठको रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : ४१ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म