इम्बोस्ड नम्बर प्लेट जाँच गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण « Khabarhub

इम्बोस्ड नम्बर प्लेट जाँच गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान आरएफआईडी उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्। आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको बिवरण जाँच गर्ने मेसिन हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यबिभाजनका डिआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका हुन् ।हाललाई ५ थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात ब्यवस्था बिभागले जनाएको छ।

हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनी यसमा उपलब्ध डाटा रिड गर्ने कुनै पनि प्रणालिको व्यवस्था थिएन।यो सङ्गै अब भौतिक पूर्वाधार मन्त्रालयको यातायात व्यवस्था बिभागले देशका विभिन्न नाकाहरुमा इम्बोर्डस प्लेट रिड गर्ने गेटको समेत निर्माण गरिरहेको छ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसङ्गै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्वपूर्ण हुने बताउनुभयो।सो अवसरमा यसको डेमो समेत गरेर देखाईएको थियो।

कार्यक्रममा भौतिक मन्त्रालयका सचिव केशव कुमार शर्मा, यातायात व्यवस्था बिभागकका महानिर्देशक उद्दब प्रसाद रिजाल तथा ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेको समेत उपस्थिती थियो।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ०७ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि