‘पुजार सार्की’ : ‘मेघराज खत्री’ बन्दा यस्तो देखिए पल  « Khabarhub

‘पुजार सार्की’ : ‘मेघराज खत्री’ बन्दा यस्तो देखिए पल 


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’मा नायक पल शाह  ‘मेघराज खत्री’ को भूमिकामा देखिने भएका छन् । निर्देशक दिनेश राउतले शनिबार पलको चरित्र खुल्ने तस्बिर सार्वजनिक गर्दै उनको भूमिकाबारे जानकारी दिएका हुन् । 

पल मेघराजको भूमिकामा काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले जरिकोट नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । 

यसअघि निर्माण पक्षले नायक आर्यन सिग्देल र प्रदीप खड्काको पात्रबारे जानकारी दिइसकेको छ । 

निर्देशक राउतले चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । उनले मेगराजले के कस्तो सङ्घर्ष गर्नुपरेको छ, त्यो थाहा पाउन प्रतीक्षा गर्न दर्शकलाई आग्रह गरेका छन् । 

केही दिनमा चलचित्रको प्रदर्शन मिति तोक्ने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ । तीन नायक बाहेक अन्जना बराइली र परीक्षा लिम्बूको पनि मुख्य भूमिकामा रहने बताइएको छ । 

किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यस विकास सुवेदीले लेखेका हुन् भने  सुभास भुसालको लगानी रहने छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १२ : ४५ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही