सरकारले महोत्तरीको समग्र विकासमा पहल गर्छ : प्रधानमन्त्री « Khabarhub

सरकारले महोत्तरीको समग्र विकासमा पहल गर्छ : प्रधानमन्त्री


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन् ।

महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले आज बालुवाटारमा गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए ।

जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र  जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीलगायत विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको स्पष्ट पारे।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १ : १३ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा