काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने « Khabarhub

काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेट्रोल पम्पहरूमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र बागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनका तर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गरेका छन् । 

सम्झौताबमोजिम महानगरपालिकाभित्रका ५० वटा पेट्रोल पम्पमा भएका शौचालयहरु सर्वसाधारणलाई प्रयोग गर्न निःशुल्क उपलब्ध हुनेछन । यसवापत महानगरपालिकाले सरसफाइ र स्वच्छताका शौचालय सफाइ गर्ने र दुर्गन्ध हटाउने सामान सूचीकृत सामानसहित निःशुल्क सार्वजनिक शौचालय लेखिएको बोर्ड दिनेछ । 

सरसफाइका लागि दिइने सामानमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट, डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहित छन् । यी सामानहरु टिनको बाकसमा हालेर दिने गरिएको छ । 

एकाइका प्रमुख बज्राचार्यकाअनुसार चालु आर्थिक वर्षमा ३ सय वटा निःशुल्क सार्वजनिक शौचालय थप गरिनेछ । यस क्रममा एशोसिएनसँग सम्झौता गरिएको हो । 

सम्झौताबमोजिम सेवाग्राहीसँग पम्पहरूले शुल्क लिन वा शौचालय प्रयोग गरेबापत कुनै सामान खरिद गर्न करकाप गर्न वा प्रोत्साहन गर्न पाउने छैनन् । सार्वजनिक शौचालयमा कुनै पनि प्रकारको प्रचार सामग्री राख्न पाउने छैनन् । शौचालयका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने, सफाइ गर्ने, मर्मत सम्भार र निकासाको व्यवस्था पम्पहरूले गर्नुपर्नेछ । 

महानगरपालिकाभित्रका पेट्रोल पम्पहरूको तत्काल सुधार गर्न गठित समितिले दिएको सुझावका आधारमा अहिले सबै पम्पहरू पहेँलो रङ्ग चिन्ह प्रयोग गरेका छन् । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : १३ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका