काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने | Khabarhub Khabarhub

काठमाडौं महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेट्रोल पम्पहरूमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र बागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनका तर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गरेका छन् । 

सम्झौताबमोजिम महानगरपालिकाभित्रका ५० वटा पेट्रोल पम्पमा भएका शौचालयहरु सर्वसाधारणलाई प्रयोग गर्न निःशुल्क उपलब्ध हुनेछन । यसवापत महानगरपालिकाले सरसफाइ र स्वच्छताका शौचालय सफाइ गर्ने र दुर्गन्ध हटाउने सामान सूचीकृत सामानसहित निःशुल्क सार्वजनिक शौचालय लेखिएको बोर्ड दिनेछ । 

सरसफाइका लागि दिइने सामानमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट, डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहित छन् । यी सामानहरु टिनको बाकसमा हालेर दिने गरिएको छ । 

एकाइका प्रमुख बज्राचार्यकाअनुसार चालु आर्थिक वर्षमा ३ सय वटा निःशुल्क सार्वजनिक शौचालय थप गरिनेछ । यस क्रममा एशोसिएनसँग सम्झौता गरिएको हो । 

सम्झौताबमोजिम सेवाग्राहीसँग पम्पहरूले शुल्क लिन वा शौचालय प्रयोग गरेबापत कुनै सामान खरिद गर्न करकाप गर्न वा प्रोत्साहन गर्न पाउने छैनन् । सार्वजनिक शौचालयमा कुनै पनि प्रकारको प्रचार सामग्री राख्न पाउने छैनन् । शौचालयका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने, सफाइ गर्ने, मर्मत सम्भार र निकासाको व्यवस्था पम्पहरूले गर्नुपर्नेछ । 

महानगरपालिकाभित्रका पेट्रोल पम्पहरूको तत्काल सुधार गर्न गठित समितिले दिएको सुझावका आधारमा अहिले सबै पम्पहरू पहेँलो रङ्ग चिन्ह प्रयोग गरेका छन् । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : १३ बजे

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद

वीरगञ्ज नाकाबाट तीन महिनामा आठ अर्ब ७० करोड बराबरका सवारीसाधन भित्रियो

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ

‘कफिन’मा टिकेको अर्थतन्त्र : कहिलेसम्म ज्ञानलाई डलरको विनिमयमा तौलिने ?

घडीको टिक टिक,परदेशी अपार्टमेन्टको निस्तब्धता। सिसाको झ्यालमा बुँदाबुँदा पानीका थोपा

झापा गोल्डकप उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज भिड्ने

काठमाडौं – झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आज(सोमबार)देखि